यस्तो छ संसद्को सम्भावित कार्यसूची
काठमाडौं । अध्यादेश विवादका बीच सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् । यसैबीच आजको बैठकका लागि प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिले कार्यसूची निर्धारण गरिसकेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले निर्धारण गरेको सम्भावित कार्यसूचीअनुसार […]

काठमाडौं । अध्यादेश विवादका बीच सङ्घीय संसद्को हिउँदे अधिवेशन आज (शुक्रबार)बाट सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आजका लागि हिउँदे अधिवेशनको पहिलो बैठक आह्वान गरेका छन् ।
यसैबीच आजको बैठकका लागि प्रतिनिधिसभा कार्य व्यवस्था परामर्श समितिले कार्यसूची निर्धारण गरिसकेको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा मंगलबार बसेको समितिको बैठकले निर्धारण गरेको सम्भावित कार्यसूचीअनुसार पहिलो दिन नै सरकारल ल्याएका ६ वटा अध्यादेश पेस हुनेछन् ।
बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस हुनेछन् ।
यस्तै ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पनि प्रतिनिधिसभामा पेस हुने संसद् सचिवालयले जनाएको छ ।
बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूले पनि सम्बोधन गर्ने कार्यसूची छ ।
नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलहरूले सरकारले हालै ल्याएका अध्यादेशको चर्को विरोध गर्ने भएको छ ।
यता, सरकार साझेदार प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले भने आफ्ना सांसदहरूलाई अध्यादेशका पक्षमा एकढिक्का भएर लाग्न निर्देशन दिइसकेका छन् ।
यस्तै आज पछि २२, २३, २४, २८, २९ र ३० गते पनि प्रतिनिधिसभाका बैठक बस्नेछ । पछिल्लो समय संसद्ले आफै क्यालेन्डर बनाएर बैठक बस्ने दिन तोक्ने गरेको छ ।
आजदेखि संसद्को हिउँदे अधिवेशन सुरु, प्रधानमन्त्री ओलीसहित शीर्ष नेताले सम्बोधन गर्दै
What's Your Reaction?






