राजनीतिक नेतृत्वको सम्पत्ति राष्ट्रियकरण गर्न जनार्दनको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् । संसद्मा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐन संशोधन विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् । राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्दा आम जनताको विश्वास जित्न सकिने उनको भनाइ छ । शीर्ष नेतृत्वले […]

Mar 17, 2025 - 10:14
 0
राजनीतिक नेतृत्वको सम्पत्ति राष्ट्रियकरण गर्न जनार्दनको प्रस्ताव

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

संसद्मा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी नेपाल ऐन संशोधन विधेयकको छलफलमा भाग लिँदै उनले यस्तो प्रस्ताव गरेका हुन् ।

राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर राष्ट्रियकरण गर्दा आम जनताको विश्वास जित्न सकिने उनको भनाइ छ । शीर्ष नेतृत्वले त्यागको भावना सहित राज्य सञ्चालनको सङ्कल्प गर्नुपर्ने उनले बताए । ‘सुशासनका लागि पहिले हामीले जनताको विश्वास आर्जन गर्न जरुरी छ । अहिले भ्रष्टाचारको विषय मुख्य रूपमा उठेको छ  र यो राजनीतिक नेतृत्वमाथि नै केन्द्रित छ,’ उनले भने,’ राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गरेर सकिन्छ भने त्यसको राष्ट्रियकरण गरेर जनतासमक्ष त्यागको भावनाबाट राज्य सञ्चालनको सङ्कल्प गरौँ ।’

उपमहासचिव शर्माले जनताको निर्देशनमा चल्न सक्ने शासन प्रणाली र संस्कार आवश्यक भएको भन्दै यसका लागि शीर्ष नेतृत्वलाई खबरदारी आवश्यक रहेको बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register