फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन

काठमाडौं । फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ । वीर अस्पतालमा उपचारका क्रममा आइतबार ५४ वर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । श्रेष्ठकै प्रशिक्षणमा ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकप जितेको थियो । प्रतियोगिताकै चलिरहँदा नै स्वास्थ्यमा समस्या आउँदा श्रेष्ठलाई धरानस्थित […]

Feb 23, 2025 - 07:06
 0
फुटबल प्रशिक्षक हरिओम श्रेष्ठको निधन

काठमाडौं । फुटबल प्रशिक्षक तथा पूर्व खेलाडी हरिओम श्रेष्ठको हृदयघातका कारण निधन भएको छ ।

वीर अस्पतालमा उपचारका क्रममा आइतबार ५४ वर्षीय श्रेष्ठको निधन भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

श्रेष्ठकै प्रशिक्षणमा ‘ए’ डिभिजन क्लब न्युरोड टिम एनआरटीले बुढा सुब्बा गोल्डकप जितेको थियो ।

प्रतियोगिताकै चलिरहँदा नै स्वास्थ्यमा समस्या आउँदा श्रेष्ठलाई धरानस्थित बीपी कोइराला अस्पतालमा भर्ना गरिएको थियो ।

प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित गंगालाल अस्पताल ल्याइएको थियो । स्वास्थ्यमा सुधार देखिएपछि शुक्रबार उनलाई डिस्चार्ज गरिएको थियो ।

शनिबार बिहान अचानक स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई वीर अस्पताल लगिएको थियो ।

उनले मनाङ मर्स्याङ्दी, थ्री स्टार, आरसीटी, एनआरटीजस्ता चर्चित क्लबबाट घरेलु फुटबल खेलेका थिए । यस्तै, उनले राष्ट्रिय टोलीमा समेत स्थान बनाएका थिए । श्रेष्ठले उमेर समूहका राष्ट्रिय टिम र ‘ए’ डिभिजन क्लबहरू पनि सम्हालेका थिए ।

उनको अन्तिम संस्कार आज गरिने एन्फाले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register