भाेलिसम्मका लागि स्थगित भयाे प्रतिनिधि सभा बैठक

Jun 4, 2023 - 09:14
 0
भाेलिसम्मका लागि स्थगित भयाे प्रतिनिधि सभा बैठक
भाेलिसम्मका लागि स्थगित भयाे प्रतिनिधि सभा बैठक

काठमाडाैं । प्रतिनिधि सभाकाे बैठक स्थगित भएकाे छ ।आइतबार एक घण्टाका लागि स्थगित गरिएकाे बैठक भाेलिका लागि सारिएकाे संघीय संसद् सचिवालयले सूचनामार्फत जानकारी दिएकाे छ । 

आइतबार कार्यसूचीमै प्रवेश नगर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित रास्वपा र राप्रपाले विराेध गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गर्नुभएकाे थियाे ।

नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा दिएकाे अभिव्यक्ति विरुद्ध प्रतिपक्षी दलहरु एक ठाउँमा उभिएका हुन् । उनीहरुले यस विषयमा सरकारले जवाफ नदिएसम्म सदन अवराेध जारी राख्ने चेतावनी दिएका छन् ।

बैठक स्थगित गरेर सभामुख घिमिरेले सदनकाे अवराेध खुलाउनका लागि पहल गर्नुभएकाे थियाे । तर सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुट्न नसकेपछि भाेलि बिहान ११ बजे बैठक बस्ने सूचना टाँस गरेर दिइएकाे छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1