ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ । यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका […]

Feb 7, 2025 - 03:09
 0
ट्रम्पले लगाए अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाएका छन् ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका भ्रमणका क्रममा ट्रम्पले यो आदेशमा हस्ताक्षर गरेका हुन् ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिका र यसको सहयोगी इजरायलविरुद्ध अनुचित र आधारहीन कारबाही गरेको आरोप लगाइएको छ ।

यो आदेशले आईसीसीका अधिकारीहरू र उनीहरूका परिवारका साथै अदालतको अनुसन्धानमा सहयोग गर्ने व्यक्तिहरूमाथि आर्थिक र भिसा प्रतिबन्ध लगाउँछ ।

नोभेम्बर २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतले इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ वारेन्ट जारी गरेको थियो ।

आईसीसीले नेतान्याहुलाई गाजामा कथित युद्ध अपराधको आरोप लगाएको थियो, जसलाई इजरायलले अस्वीकार गरेको थियो । आईसीसीले हमास कमान्डरविरुद्ध वारेन्ट पनि जारी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register