यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र यूएई भिड्दै, विश्वकपको यात्रा सुरु

काठमाडौं । जिम्बाब्वे र नामिबियामा हुने आगामी आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ। यसअघि यूएईमा भएको छनोटमा नेपालले यूएईमाथि रोमाञ्चक जित दर्ता गर्दै विश्वकपमा स्थान बनाएको थियो। उक्त खेलमा दिपेश कँडेलले निर्णायक ह्याट्रिक लिएका […]

Apr 13, 2025 - 04:29
 0
यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र यूएई भिड्दै, विश्वकपको यात्रा सुरु

काठमाडौं । जिम्बाब्वे र नामिबियामा हुने आगामी आईसीसी यू-१९ विश्वकपको एसिया छनोट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ। खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।

यसअघि यूएईमा भएको छनोटमा नेपालले यूएईमाथि रोमाञ्चक जित दर्ता गर्दै विश्वकपमा स्थान बनाएको थियो। उक्त खेलमा दिपेश कँडेलले निर्णायक ह्याट्रिक लिएका थिए। यसपटकको छनोटमा अफगानिस्तानको उपस्थिति नेपालका लागि थप चुनौती बनेको छ। छनोटको तयारीका क्रममा नेपालले अफगानिस्तानसँग तीन खेलको शृंखला खेलेको थियो, जसमा नेपालले एक खेल जित्दा दुई खेल गुमाएको थियो।

नेपाल, अफगानिस्तान, यूएई, ओमान र हङकङ सहभागी यस छनोट प्रतियोगिताबाट शीर्ष स्थानमा रहने टोलीले यू-१९ विश्वकपमा स्थान सुरक्षित गर्नेछ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register