सुजाता कोइरालाको घोषणा – मेरो समर्थन शेखरलाई, उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् । ‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले सभापति शेरबहादुर देउवाले कुनै काम नगरेको आरोपसमेत लगाएकी छन् । सुजाताले भनिन्, “नेपाली काङ्ग्रेस एमालेको स्याडोमा परेको छ । शेरबहादुरजी उहाँको कुने विचार छैन, […]

Feb 10, 2025 - 10:06
 0
सुजाता कोइरालाको घोषणा – मेरो समर्थन शेखरलाई, उहाँ नै प्रधानमन्त्री बन्नुपर्छ

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले आगामी महाधिवेशनमा शेखर कोइरालालाई समर्थन गर्ने घोषणा गरेकी छन् ।

‘गिरिजाप्रसाद कोइराला र वर्तमान राजनीति’ विषयक गोष्ठीमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले सभापति शेरबहादुर देउवाले कुनै काम नगरेको आरोपसमेत लगाएकी छन् ।

सुजाताले भनिन्, “नेपाली काङ्ग्रेस एमालेको स्याडोमा परेको छ । शेरबहादुरजी उहाँको कुने विचार छैन, उहाँ काम नै गर्नु हुन्न । उहाँ दिनभरि के गर्नुहुन्छ भगवान् जानुन् । उहाँले काङ्ग्रेस हाँक्न सकिरहनुभएको छैन । त्यसैले मैले निर्णय गरेँ – अब हुने सभापति शेखर कोइराला हो, शेखर कोइरालाई मेरो सपोर्ट हुने छ ।”

उनले अब काङ्ग्रेसबाट कोही प्रधानमन्त्री बन्छ भने त्यो शेखर नै रहेको बताइन् ।

सुजाताले भनिन्, “पोलिटिक्स बिग्रियो, प्रजातन्त्र बिग्रियो भने हाम्रो देश पनि बिग्रिन्छ । प्रजातन्त्र उहाँहरूलाई मात्र छ । प्रजातन्त्र खोजेर जागिर खोजेर आज हजारौं युवा बाहिरिरहेका छन् । यो अवस्थामा नेपाली काङ्ग्रेसलाई कुनै पनि हालतमा प्रधानमन्त्री बनाउँदैनन् । अब नेपाली काङ्ग्रेसबाट कोही पनि प्रधानमन्त्री बन्छ भने शेखर कोइराला प्रधानमन्त्री बन्नुपर्छ त्यसमा मेरो पूरा सहमति र समर्थन रहनेछ ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register