संसदमा पुग्यो ‘अमला काण्ड’को नाममा महिला र नवजात शिशुको गोपनीयता भङ्ग गरेको भाइरल विषय
काठमाडौं । ‘अमला काण्ड’ भन्दै भाइरल गराइएको झापाको शिवसताक्षी नगरपालिकाको घटनाको विषय संसदमा प्रवेश गरेको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद हर्कमाया विश्वकर्माले सामाजिक सञ्जालमार्फत घटनामा जोडिएका नवजात शिशु र आमाको गोपनियता भङ्ग भएको भन्दै ध्यानाकर्षण गराएकी हुन् । उनले उक्त घटनालाई वर्णन गर्दै भनिन्, “२१ वर्षीय युवती विवाहित भएपनि पछिल्लो चार वर्षदेखि माइतीमै बस्दै आएकी रही छिन् । मानसिक रोगी भइ औषधी खाइरहेको अवस्थामा गत पुसमा एक सन्तानलाई जन्म दिइन् । जन्म दिएप...

What's Your Reaction?






