अर्थमन्त्री र मेयरकाे सघन कक्षमा उपचार जारी

काठमाडौं । पोखरामा असावधानीवस जलनमा परि घाईते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार शुरु भएको छ। अस्पतालले दुबै जनाको सघन उपचार कक्षमा भर्ना गरी उपचार शुरु गरेको जानकारी दिको हो। अस्पतालका अनुसार प्रारम्भिक मूल्याङ्गन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली […]

Feb 15, 2025 - 14:38
 0
अर्थमन्त्री र मेयरकाे सघन कक्षमा उपचार जारी

काठमाडौं ।

पोखरामा असावधानीवस जलनमा परि घाईते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको किर्तिपुर अस्पतालको सघन उपचार कक्षमा उपचार शुरु भएको छ।


अस्पतालले दुबै जनाको सघन उपचार कक्षमा भर्ना गरी उपचार शुरु गरेको जानकारी दिको हो।

अस्पतालका अनुसार प्रारम्भिक मूल्याङ्गन अनुसार ५-६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने भनेको छ।

सघन उपचार कक्षमा डा. विडी झा र डा.प्रविण गिरी लगायतको टोली संलग्न छ भने जलन विशेषज्ञहरुको टोलीमा प्राडा शंकर मान राई, डा. विशाल कार्की, डा.मनिष यादव लगायतको आकस्मिक उपचार टोलीमा डा. प्रयुस अर्याल लगायत रहेका छन्।

त्यसैगरी नर्सीङ टिममा रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जन लगायतको टोली रहेको अस्पतालले जानकारी दिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register