सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट पत्रकार डराउनु पर्दैन : सञ्चारमन्त्री गुरुङ

दोलखा । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट वास्तविक पत्रकार साथिहरु डराउनु पर्ने अवस्था नरहने बताउनु भएको छ । जिरी भ्रमण बर्ष– २०२५ को उद्घाट कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरु मा देखिएको बिकृति अन्त्यको लागि अध्यादेश ल्याएको उल्लेख गर्नुहुँदै यसले क्रियाशिल पत्रकारहरुलाई समस्या नहुने बताउनुभएको हो […]

Feb 16, 2025 - 04:08
 0
सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट पत्रकार डराउनु पर्दैन : सञ्चारमन्त्री गुरुङ

दोलखा ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल सम्बन्धि विधेयकबाट वास्तविक पत्रकार साथिहरु डराउनु पर्ने अवस्था नरहने बताउनु भएको छ ।

जिरी भ्रमण बर्ष– २०२५ को उद्घाट कार्यक्रममा मन्त्री गुरुङले सामाजिक सञ्जालहरु मा देखिएको बिकृति अन्त्यको लागि अध्यादेश ल्याएको उल्लेख गर्नुहुँदै यसले क्रियाशिल पत्रकारहरुलाई समस्या नहुने बताउनुभएको हो । सामाजिक सञ्जाल सम्बन्धि विधेयकको विषयमा धेरै सुझाबहरु आएकाले त्यसको आधारमा परिर्माजन सहित विधेयक पास हुने मन्त्री गुरुङको भनाई छ ।

विधेयकको बारेमा धेरै बहस भएका छन्, धेरै सुझाबहरु प्राप्त भएका छन् सञ्चार तथा सूचना प्रविधि मन्त्री गुरुङले भन्नु भयो– त्यसैले यो जस्ताको तस्तै पास हुँदैन, सुझाबका आधारमा परिर्माजन सहित पास गर्छौ । सामाजिक सञ्जालहरुमा देखिएका विकृति अन्त्यको लागि विधेयक आवश्यक रहेको मन्त्री गुरुङको भनाई छ ।

मन्त्री गुुरुङले मुुलुुकको आर्थिक विकासको लागि उद्योग, व्यापार, कल– कारखाना जस्ता कुरा सरकारले सञ्चालन गर्ने नभै नीजि क्षेत्रले सञ्चालन गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यसमा सरकारको नीतिगत सहयोग रहने बताउनु भयो । मन्त्री गुरुङले जिरीको तालले यो क्षेत्रको समग्र विकासमा टेवा पुुग्ने भएकोले राजनीतिक आग्रह– पूर्वाग्रह त्यागेर सबै दलले एकमतका साथ ताल निर्माणमा अग्रसरता देखाउनु पर्ने बताउनुभयो । मन्त्री गुरुङले सरकारको तर्फबाट ताल निर्माणमा आवश्यक सहयोग हुने बताउनु भयो ।

नेकपा एमालेका पोलिटब्युुरो सदस्य एवम् पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुुरुङले विकास– निर्माणमा राजनीति गर्न नहुने बताउनुभयो । साँझा सहमति र सहकार्यको आधारमा विकास– निर्माणका गतिविधि अघि बढ्नु पर्ने पूर्व मन्त्री गुरुङको भनाई छ ।

दोलखा जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेलको सभापतित्वमा सम्पन्न जिरी भ्रमण बर्ष– २०२५ उद्घाटन कार्यक्रममा बागमति प्रदेश सांसद भरतबहादुुर केसी, उर्मिला सुनुवार, मेलुङ गाँउपालिका अध्यक्ष हिरा थोकर, जिरी नगरपालिकाका उपप्रमुख कृष्णमाया बुढाथोकी, नेपाली कांग्रेस दोलखाका सभापति बर्मा लामा, नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, नेकपा माओवादी केन्द्रका कर्मा शेर्पा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सबैको सहमतिमा संविधान संसोधन

यसैबीच शनिवार विहान नेकपा एमाले दोलखाले सदरमुकाम चरिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेकपा एमाले र नेपाली कांग्रेसले सहमतिको आधारमा संविधान संशोधनका विषयहरु तय गर्ने र सबै राजनीतिक दलको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको छ ।

एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको सभापतित्वमा भएको पत्रकार सम्मेलनमा उहाँले सरकारले अध्यादेशबाट ल्याएको विधेयकहरु राजनीतिक सहमतिकै आधारमा पास हुने समेत बताउनुभयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register