नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा हुँदा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । घाइते भएका तीन जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको हो । शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ । रेल चढ्ने क्रममा भीड बढेपछि भागदौड मच्चिएको बताइएको छ । यसैबीच भारतका […]

Feb 16, 2025 - 04:09
 0
नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली रेलवे स्टेसनमा हुँदा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

घाइते भएका तीन जनाको मृत्यु भएसँगै मृतकको सङ्ख्या १८ पुगेको हो ।

शनिबार राति भएको भागदौडमा १८ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूमा समाचार छ ।

रेल चढ्ने क्रममा भीड बढेपछि भागदौड मच्चिएको बताइएको छ ।

यसैबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

साथै, रक्षामन्त्री राजनाथ सिंहले पनि दुर्घटनामा मृत्यु भएकाहरूलाई श्रद्धाञ्जली अर्पण गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register