प्रिय सूर्यज्योति…, बिमितलाई सहज रुपमा भुक्तानी देऊ, अदालत जाने नियतिको अन्त्य गर… (सम्पादकीय)

काठमाडौँ  । यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी नदिएपछि पीडित बनेका बिमित अंगद खड्काको पक्षमा उच्च अदालतले गरेको बीमा पाउने फैसला चर्चामा छ । बीमा गरेपछि घातक रोगको सिकार बनेका उनलाई सूर्यज्योतिले दाबी रकम नदिएपछि उनी बीमा प्राधिकरणमा उजुरी लिएर पुगेका थिए । प्राधिकरणले समेत उनको दाबी पुग्ने भन्दै बीमा दाबी रकम दिन सूर्यज्योतिका […]

Feb 16, 2025 - 04:09
 0
प्रिय सूर्यज्योति…, बिमितलाई सहज रुपमा भुक्तानी देऊ, अदालत जाने नियतिको अन्त्य गर… (सम्पादकीय)

काठमाडौँ  । यतिबेला सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी नदिएपछि पीडित बनेका बिमित अंगद खड्काको पक्षमा उच्च अदालतले गरेको बीमा पाउने फैसला चर्चामा छ । बीमा गरेपछि घातक रोगको सिकार बनेका उनलाई सूर्यज्योतिले दाबी रकम नदिएपछि उनी बीमा प्राधिकरणमा उजुरी लिएर पुगेका थिए । प्राधिकरणले समेत उनको दाबी पुग्ने भन्दै बीमा दाबी रकम दिन सूर्यज्योतिका नाममा पत्राचार गर्यो । तर बीमा रकम दिनुको साटो सूर्यज्योति बीमा दाबी तिर्नुपर्दैन भन्दै अदालत गयो । अन्तत: अदालतले पनि कम्पनीलाई हराएर बिमितका पक्षमा फैसला गरिदियो ।

अदालतले बिमितका पक्षमा फैसला गरेपछि अहिले एउटा प्रश्न चोटिलो बनेको छ । के बिमित बीमा रकम लिन अदालत धाउनुपर्ने हो ? सूर्यज्योतिले निर्लज्ज हारेको यो मुद्दामा बिमितको आवाज एउटै छ, ‘बिमितलाई सहज रुपमा भुक्तानी दिनुपर्छ । बीमा रकमका लागि अदालत जाने नियतिको अन्त्य हुनुपर्छ ।’

सूर्यज्योतिले अंगद खड्कालाई दिनुपर्ने दाबी भुक्तानी नदिएको प्रकरण बाहिर आएपछि अहिले सूर्यज्योतिका कर्मचारी र बीमा अभिकर्ताहरु शसंकित बनेका छन् । कतिपय कर्मचारी र अभिकर्ता त फुर्सदिलो भएपछि सामाजिक संजालमा अंगद खड्काको पक्षमा बोल्ने मिडियालाई गाली गर्ने, छाडा र अपशब्द प्रयोग गरेर कम्पनीको प्रतिष्ठामा नै आँच आउने गरी बोल्ने गरिरहेका छन् । यसले अंगद खड्का प्रकरणले धुमिल भएको सूर्यज्योतिको प्रतिष्ठा झनै धुमिल पारिदिएको छ । दूरदृष्टिले हेर्दा यस्ता प्रकरणले समग्र बीमा क्षेत्रलाई नै आउने दिनमा थप असर गर्ने पक्का छ ।

अंगद खड्काको प्रकरण बाहिर आएपछि कम्पनी आफुले गरेका केहि भुक्तानीका सामान्य खबरहरुलाई प्रमोट गरिरहेको छ, टार्गेट पुर्याउन नसकेका कम्पनीका शाखा प्रमुखहरुलाई आफ्नै खर्चमा काठमाडौँ बोलाएर तालिम दिईरहेको छ । बीमा कम्पनीका कर्मचारीहरुलाई अंगद खड्का र खड्काको पक्षमा लेख्नेहरुलाई छाडा गाली गरिरहेका कर्मचारीहरुलाई प्रोत्साहित गरेझैँ देखिएको कम्पनीको हर्कतले ‘कमजोर मान्छे रिसाउँछ, काम नभएपछि गाली गलौजमा उत्रन्छ’ भन्ने तथ्य पुष्टि नजिक लैजाँदैछ । यस्ता हर्कतबाट माथि उठेर सूर्यज्योतिले बिमितका पक्षमा काम गर्न आवश्यक छ ।

सूर्यज्योतिका नाममा अंगद खड्काको केस पहिलो हुँदै होइन, अन्तिम हुने छाँट छैन । अहिले सूर्यज्योति चौतर्फी विवादमा छ । सूर्यज्योतिका संचालक देखि सीइओ सम्मका सर्टिफिकेटको समकक्षताका विषयमा प्रश्न उठेका छन्, नियामककहाँ उजुरी छन् । डमी कोडमार्फत अकुत कमाउनेहरुको धन्दा सविस्तार आईरहेको छ । र त आफ्नो पोल खुल्ने डरले केही कर्मचारीहरु संजालमा कुण्ठा पोखिरहेका छन् ।

यी सब कुरा त चल्दै जाला, कम्पनीको हैसियत देखाउने कर्मचारीको बानी, व्यहोराले पक्कै होला । तर चुरो कुरोचाहिं बिमितले बीमा दाबी भुक्तानी निर्वाद पाउनुपर्छ भन्ने हो । अंगद खड्काले बीमा दाबी पाउनुपर्दैन थियो भने प्राधिकरण र अदालतले किन पाउनुपर्छ भने त ? पाउनुपर्थ्यो भने सुरुमै किन कम्पनीले दिएन त ? प्रश्न गम्भीर छ । सूर्यज्योतिले मात्र होइन, सबै कम्पनी यस विषयमा गम्भीर हुन आवश्यक छ । बीमा दाबी रकम नै नपाउने हो भने बीमा गर्नुको के अर्थ भयो र ? होइन र ?

सूर्यज्योति फगत कोहि संचालकको कम्पनी होइन, यो आम सर्वसाधारणको कम्पनी हो । जनताबाट चलेको कम्पनीले जनतालाई दुख दिनु हुँदैन । जनताका विपक्षमा छाडा बोल्ने कर्मचारीहरुलाई च्याप्नु हुँदैन, जनतालाई बेकार अदालतको तारेख धाउने बनाउनुहुँदैन । जनताको कम्पनीले जनतालाई सेवा दिनुपर्छ । घातक रोग कसैको रहर हुँदै होइन, बीमा गरेकाले रोग लागेपछि दाबी पाउनुपर्छ । दाबी रकम दिन मिल्दैन थियो भने किन गरियो त बीमा ? बीमा गर्नेलाई कारवाही खोइ? यो विषयमा सूर्यज्योति बोल्नुपर्दैन ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register