जिम्मेवार पत्रकारिता र राससको भूमिका अन्तरक्रिया : आमनागरिकको अपेक्षा अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने

झापा, ५ फागुन । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको कार्यक्रमका सहभागीले बताएका छन् । राससको ६४ औं वार्षिकोत्सवको अवसरमा आज झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाका पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीले जिम्मेवार पत्रकारिताको सवालमा रासस पहिलो नम्बर रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल [...] The post जिम्मेवार पत्रकारिता र राससको भूमिका अन्तरक्रिया : आमनागरिकको अपेक्षा अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने appeared first on Jhapa Online.

Feb 17, 2025 - 12:28
 0
जिम्मेवार पत्रकारिता र राससको भूमिका अन्तरक्रिया : आमनागरिकको अपेक्षा अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने

झापा, ५ फागुन । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।

राससको ६४ औं वार्षिकोत्सवको अवसरमा आज झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाका पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीले जिम्मेवार पत्रकारिताको सवालमा रासस पहिलो नम्बर रहेको बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार प्रयोग गर्ने गरेको बताउनुभयो ।

राससका समाचार सामग्री प्रयोग गर्ने मिडियाले स्रोत खुलाउनुपर्नेमा उहाँले जोड समेत दिनुभयो । राससले आमनागरिकको अपेक्षा अनुसार आफ्ना समाचारलाई केन्द्रित गर्नुपर्नेमा उहाँले जोड समेत दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष सुब्रत न्यौपानेले रासस एक मात्र प्रभावकारी सञ्चारमाध्यम भएकाले यसले उत्पादन गर्ने समाचारमा विविधता रहेको बताउनुभयो ।

सामाजिक सञ्जालमा आउने भ्रामक समाचारहरुलाई राससले चिर्नुपर्नेमा जोड दिँदै उहाँले आधिकारिक वेभसाइटलाई अझ परिमार्जित गर्नुपर्ने, अनुसन्धानमूलक समाचारमा जोड दिनुपर्ने र साना मिडियाहरुलाई सहुलित दरमा सेवा दिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वअध्यक्ष एवम् अग्रज पत्रकार गोविन्दचन्द छेत्रीले झापामा २०२५ सालदेखि राससले सेवा प्रवाह गर्दै आएको स्मरण गर्नुहुँदै राससको समाचार विश्वसनीय भएको बताउनुभयो । “म धेरै तिर धेरै किसिमको समाचार हेर्छु, साँचो हो कि झुटो हो, थाहा हुँदैन”, उहाँले भन्नुभयो, “तर, रासस त्यस्तो भ्रमलाई चिर्ने गरेको छ ।”

महासंघका पूर्वअध्यक्ष मोहन काजीले राससका समाचार अझ जनमुखी हुनुपर्नेमा जोड दिनुभयो । मिडिया क्षेत्र संकटमा रहकाले रासस सहुलियत दरमा सदस्यता दिनुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै, महासंघका पूर्वअध्यक्ष तारामणि सापकोटाले पछिल्लो समय राससको बुलेटिनमा धेरै सुधार आएको बताउनुभयो । “राजनीतिक रुपमा पनि अहिले सन्तुलित समाचार आउँछ, पहिला बायस हुन्थ्यो”, उहाँले भन्नुभयो, “रासस अझ परिस्कृत हुँदै जाओस् शुभकामना छ ।”

प्रेस चौतारी झापा अध्यक्ष प्रदीप परियारले कोरोना महामारीपछि मिडिया बन्द हुने क्रम बढेकाले साना मिडियालाई रासस थप सहुलित दिनुपर्नेमा जोड दिनुभयो । प्रेस युनियन झापा अध्यक्ष रेजिना गौतमले सबैले राससको समाचार प्रयोग गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै न्यूनतम् शुल्कमा सेवा दिन आग्रह गर्नुभयो ।

फोनिज झापाका अध्यक्ष अर्जुन राजवंशीले पछिल्लो समय राससको सेवा प्रवाह छिटोछरितो भएको बताउनुभयो । सरकारी निकायमा भएका बेथितिका समाचारलाई समेत राससले प्राथमिकताका प्रकाशन गर्नुपर्ने बताउनुहुँदै उहाँले ‘थर्ड एंगल’बाट समेत समाचार आउनुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा भद्रपुर प्रेस क्लबका अध्यक्ष राजबाबु शंकरले नेपाली सञ्चार जगतमा राससको महत्व विशेष रहेको बताउनुभयो । सामाजिक सञ्जालको भद्रगोलको भूमरीमा परेका पाठकलाई राससले त्यो भ्रमबाट निकाल्न मद्दत मिलेको बताउनुभयो । उहाँले राससलाई अझ परिस्कृत बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा पत्रकार लेखनाथ परदेशी, देवेन्द्र किशोर ढुंगाना, रेवती राज घिमिरे, अर्जुन कार्की, द्रोण अधिकारी, रमा दाहाल, खगेन्द्र भण्डारी, राजकुमार ओली लगायतले वार्षिकोत्सवको शुभकामा दिँदै सुझाव समेत राख्नुभएको थियो ।

रासस भद्रपुर कार्यालय प्रमुख दीपक चन्दको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन राससकर्मी अम्बिका भण्डारीले गर्नुभएको थियो ।

The post जिम्मेवार पत्रकारिता र राससको भूमिका अन्तरक्रिया : आमनागरिकको अपेक्षा अनुसार समाचार सम्प्रेषण गर्नुपर्ने appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register