झापामा नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जना पक्राउ

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट आज बेलुका नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बा ८ च १३३८ नम्बरको नेपाली स्कोर्पिओ गाडी भारतको पानीटंकी लगेर उक्त गाडीको च्यासिस नं. काटेर डब्यूबी ७४ एन ३१७२ नम्बरको भारतीय स्कोर्पियो गाडीमा फिट गरेर नेपाल ल्याउँदै अवस्थामा पक्राउ [...] The post झापामा नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

Mar 25, 2025 - 01:00
 0
झापामा नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जना पक्राउ

झापा, १२ चैत । झापाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्कबाट आज बेलुका नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

बा ८ च १३३८ नम्बरको नेपाली स्कोर्पिओ गाडी भारतको पानीटंकी लगेर उक्त गाडीको च्यासिस नं. काटेर डब्यूबी ७४ एन ३१७२ नम्बरको भारतीय स्कोर्पियो गाडीमा फिट गरेर नेपाल ल्याउँदै अवस्थामा पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापा मातहत (प्रस्तावित) सीमा सुरक्षा गुल्म काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक शम्शेरबहादुर कार्कीले जानकारी दिनुभयो ।

उक्त स्कार्पियो गाडीसहित चालक मोरङ पथरी शनिश्चरे नगरपालिका– ८ का ४१ वर्षीय इश्वरी भण्डारी र उक्त गाडीमा सवार भारत नक्सालबारीका ३५ वर्षीय निताई घोसलाई नियन्त्रण लिइएको छ । गाडीसहित उनीहरुलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको जनाइएको छ ।

The post झापामा नेपाली नम्बर प्लेट जडित भारतीय स्कार्पियोसहित दुई जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register