सेयर बजारमा झन्डै १२ अङ्कको वृद्धि, कारोबार रकम १० अर्बमाथि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुमा पुगेको छ । मङ्गलवार ३१४ कम्पनीका ९९ हजार ५८५ पटकको कारोबारमा एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार […]

Feb 18, 2025 - 09:30
 0
सेयर बजारमा झन्डै १२ अङ्कको वृद्धि, कारोबार रकम १० अर्बमाथि

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ९१ अङ्कले बढेर २७३९ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

मङ्गलवार ३१४ कम्पनीका ९९ हजार ५८५ पटकको कारोबारमा एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख ६ हजार रुपैयाँ रहेको छ ।

८७ कम्पनीको सेयर मूल्य बढ्दा १४९ वटाको घटेको छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ । १३ उपसमूहमध्ये ७ वटा घट्दा अन्यमा हरियाली छाएको छ ।

तीन कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाउँदा हिमालयन रिइन्स्योरेन्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register