हमासले बन्धक बनाएका इजरायली दम्पतीको शव भेटियो

काठमाडौं । इजरायली सेनाले गाजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव भेटिएको जनाएको छ । ७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो । मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले किबुट्ज निर ओजमा आक्रमण गर्दा ७० वर्षीया क्यानेडियन नागरिक जुडी वाइन्स्टाइन हाग्गाई र उनका पति ७२ वर्षीय गाडी हाग्गाईको मृत्यु भएको […]

Jun 5, 2025 - 10:21
 0
हमासले बन्धक बनाएका इजरायली दम्पतीको शव भेटियो

काठमाडौं । इजरायली सेनाले गाजाबाट दुई अमेरिकी मूलका इजरायली बन्धकहरूको शव भेटिएको जनाएको छ ।

७ अक्टोबर २०२३ मा दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले उनीहरू दुवैलाई बन्धक बनाएको थियो ।

मुजाहिद्दीन ब्रिगेड समूहका बन्दुकधारीहरूले किबुट्ज निर ओजमा आक्रमण गर्दा ७० वर्षीया क्यानेडियन नागरिक जुडी वाइन्स्टाइन हाग्गाई र उनका पति ७२ वर्षीय गाडी हाग्गाईको मृत्यु भएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूको शव गाजाको दक्षिणी खान युनिस क्षेत्रमा भेटिएको थियो । फोरेन्सिक पहिचानको लागि इजरायल फिर्ता ल्याइएको सेनाले जनाएको छ ।

हमासले अझै पनि गाजामा ५६ जना बन्धक बनाएको छ, जसमध्ये कम्तीमा २० जना जीवित रहेको सम्भावना छ ।

लगभग २० महिनाअघि भएको सीमापार आक्रमणको प्रतिक्रियामा इजरायलले गाजामा सैन्य अभियान सुरु गरेको थियो, जसमा करिब १,२०० जना मारिएका थिए र २५१ जनालाई बन्धक बनाइएको थियो ।

त्यसबेलादेखि गाजामा कम्तीमा ५४ हजारभन्दाको मृत्यु भइसकेको क्षेत्रको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register