एकीकृत समाजवादीको बैठक शनिबार पुन बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शनिबार पुन बस्ने भएको छ। ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजबाट सुरू भएको बैठक शनिबार ७: ३० बजे पुन बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले एक विज्ञप्तिमार्फत जानकारी दिए। बैठकलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए  । शुक्रबारको  बैठकमा अध्यक्षको […]

Feb 21, 2025 - 14:32
 0
एकीकृत समाजवादीको बैठक शनिबार पुन बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शनिबार पुन बस्ने भएको छ।

ललितपुरको जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजबाट सुरू भएको बैठक शनिबार ७: ३० बजे पुन बस्ने केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले एक विज्ञप्तिमार्फत जानकारी दिए। बैठकलाई अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले सम्बोधन गरेका थिए  ।

शुक्रबारको  बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजना, संसद्‌मा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू एजेन्डाका रूपमा प्रस्तुत गरिएको उपप्रमुख अर्यालले जानकारी दिए।

आजको बैठकमा कमानसिंह खड्का, महेश रेग्मी, कृष्ण नेपाली, नन्दलाल बञ्जाडे, शेरबहादुर केसी, महादेव भारती, चमिना भट्टराई, प्रेमलकुमार खनाल, भगवती नेपाल, शंकर पोखरेल र घनप्रसाद गौतमले आ-आफ्ना  धारण राखेका थिए।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register