पाकिस्तानको दाबी – अब्दाली क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण

काठमाडौं । पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ । यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो, जसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निशाना बनाउन सक्छ । बीबीसी उर्दूकाअनुसार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य सैनिकहरूको तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको प्राविधिक विशेषताहरूको परीक्षण गर्नु […]

May 3, 2025 - 11:04
 0
पाकिस्तानको दाबी – अब्दाली क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण

काठमाडौं । पाकिस्तानले अब्दाली हतियार प्रणालीको सफल प्रशिक्षण परीक्षण गरेको दाबी गरेको छ ।

यो जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र हो, जसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निशाना बनाउन सक्छ ।

बीबीसी उर्दूकाअनुसार पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो क्षेप्यास्त्र प्रहार गर्नुको उद्देश्य सैनिकहरूको तयारी सुनिश्चित गर्नु र क्षेप्यास्त्रको प्राविधिक विशेषताहरूको परीक्षण गर्नु थियो, जसमा यसको उन्नत नेभिगेसन प्रणाली पनि समावेश छ ।”

पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारी, प्रधानमन्त्री शाहबाज शरीफ र सेना प्रमुखहरूले सहभागी सैनिक, वैज्ञानिक र इन्जिनियरहरूलाई बधाई दिएका छन् ।

जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव चरम सीमामा पुगेको छ ।

दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी र कडा बयान जारी गर्दै उचित जवाफको माग गरिरहेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register