जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

झापा, १३ फागुन । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्। बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु [...] The post जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते appeared first on Jhapa Online.

Feb 25, 2025 - 01:08
 0
जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते

झापा, १३ फागुन । बागलुङको बडिगाडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन्।

बडिगाड गाउँपालिक–७ भिमगिठेबाट बडिगाड १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप मंगलबार साँझ दुर्घटना हुँदा निसीखोला गाउँपालिका–७ चोलाङ निवासी ७५ वर्षिय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

दुर्घटनामा बडिगाड–९ का ६३ वर्षीया तेजकुमारी बुढा, सोही ठाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल घाइते छन् भने घाइते एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये तेजकुमारी बुढाको अवस्था गम्भीर छ। सामान्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

The post जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ जना घाइते appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register