‘सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने’

विराटनगर, १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पारे । विराटनगरमा आज आयोजित ‘सहकारी ऐन र कार्यान्वयनका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाब वा प्रभावमा नपरी काम गर्न [...] The post ‘सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने’ appeared first on Jhapa Online.

May 24, 2025 - 12:33
 0
‘सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने’

विराटनगर, १० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताएका छन् । उनले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पारे ।

विराटनगरमा आज आयोजित ‘सहकारी ऐन र कार्यान्वयनका चुनौती’ विषयक कार्यक्रममा बोल्दै उनले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाब वा प्रभावमा नपरी काम गर्न निर्देशन समेत दिए ।

मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार बताउँदै भने, ‘सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् ।’ थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उनले तिनलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताए ।

प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयको आयोजनामा भएको कार्यक्रममा आर्थिक मामिला मन्त्री राम रानाले सदस्यको नियमनमा चल्ने सहकारीलाई सदस्यहरूले नै नियमन गर्न नसकेको बताए । उनले समितिलाई काम गर्न सहज बनाउनका लागि सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । त्यसैगरी कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएको बताए ।

The post ‘सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने’ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register