हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १३ गते मंगलबार)

मेष : आफन्तसँग सफल भेटघाट हुनेछ। अरूको मन जित्न सकिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्ने जाँगर बढ्नेछ। वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइएला। विश्वासपात्र वा [...] The post हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १३ गते मंगलबार) appeared first on Jhapa Online.

Feb 25, 2025 - 01:05
 0
हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १३ गते मंगलबार)

मेष : आफन्तसँग सफल भेटघाट हुनेछ। अरूको मन जित्न सकिनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्ने जाँगर बढ्नेछ।

वृष : सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। खानपिनको विविध परिकार खान पाइएला। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।

मिथुन : मन अस्थिर रहन सक्छ। भावुक र उत्ताउलो बन्ला। प्रेमीप्रेमिकाबीच खिन्नता बढ्नेछ। स्वास्थ्य तथा सुन्दरतामा खर्च बढ्नेछ। मध्य दिनबाट दाजुभाइ तथा दिदीबहिनीले तपाईँको विचारलाई समर्थन गर्नेछन्।

कर्कट : चिताएको कामले तीव्रता लिनेछ। मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्री प्राप्ति हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ, सफलता पनि मिल्नेछ।

सिंह : मङ्गल कार्यको योग छ। अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ। दूरदराज वा परदेशमा रहेका आफन्तसँग प्रविधिमार्फत भेटघाट होला। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। धार्मिक यात्रा हुनेछ। नयाँ कामको थालनी पनि होला।

कन्या : आफन्तको प्रगतिमा मन रमाउनेछ। नयाँ रोजगारीको अवसरले पछ्याउनेछ। धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। सेयर बजारमा लगानीका लागि नयाँ योजना बन्नेछ। पुनर्मिलनको योग छ।

तुला : कार्य सम्पादनमा समस्या आउला। यात्रामा बिघ्नबाधा आइलाग्नेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धिमूलक नहोला।

वृश्चिक : रमणीय र सुखद यात्राको योग छ। धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ। रोजगारीको अवसर मिल्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

धनु : धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। विशिष्ट व्यक्तिको सहयोग पाइएला। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ।

मकर : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। धार्मिक यात्राको योग छ। नयाँ कामको थालनी होला। वैदेशिक कार्य अघि बढ्नेछ। राजनीतिक र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। प्रेमीको सहयोग पाइनेछ। पुँजी बजारले साथ दिनेछ।

कुम्भ : नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ। स्वास्थ्यप्रति सजग रहनुहोला, पेटसम्बन्धी समस्या आउन सक्छ। आफन्तसँग मनमुटाव होला। गलत आश्वासन बाँड्नाले समस्या आउन सक्छ।

मीन : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति नै हुनेछ। सामाजिक कार्यमा सफलता हात लाग्ला। वैदेशिक कार्य सहजै अघि बढ्नेछ। बौद्धिकताको विकास हुनेछ। आँटेको काम पूरा होला। शुभकार्य या धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ।

The post हेर्नुहोस् तपाईंको आजको राशीफल (२०८१ फागुन १३ गते मंगलबार) appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register