प्रक्रियागत कारणले रोकिएका अध्यादेश यथाशीघ्र स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेश ल्याएको बताउँदै यथाशीघ्र सदनबाट स्वीकृत हुने दाबी गरेका हुन् । ‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ […]

Feb 28, 2025 - 14:40
 0
प्रक्रियागत कारणले रोकिएका अध्यादेश यथाशीघ्र स्वीकृत हुन्छन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएका अध्यादेश प्रक्रियागत कारणले स्वीकृत हुन ढिलाइ भइरहेको बताएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपालको आठौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेश ल्याएको बताउँदै यथाशीघ्र सदनबाट स्वीकृत हुने दाबी गरेका हुन् ।

‘केही प्राविधिक र प्रक्रियागत कारणले अध्यादेश प्रतिस्थापन गर्न ढिलाइ भएको छ,’ मन्त्री लेखकले भने, ‘समयभित्रै सदनले स्वीकार गरी प्रतिस्थापन गरेर नयाँ कानुन बनाउँछौँ ।’

उनले सरकारद्वारा ल्याइएका अध्यादेशले निजी क्षेत्र उत्साहित भएका बताए । ‘हाम्रो संविधानले तीन खम्बे अर्थ नीतिको व्यवस्था गरेको छ,’ उनले भने, ‘निजी क्षेत्रका लागि सरकारले व्यावसायिक वातावरण सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन कार्यान्वयनको वातावरण बनाउन लागेको हो ।’

उनले मुलुकसभत्र शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायत क्षेत्रमा केही भएको छैन भन्ने भाष्य निर्माण भएको बताउँदै लोकतान्त्रिक पद्दतिका कारण मुलुकमा थुप्रै विश्विद्यालय स्थापना भएका उल्लेख गरे । गृहमन्त्री लेखकले सरकारले शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्ने बताए । निजी तथा आवासीय विद्यालयले आफूभित्र भएका समस्या स्वःनियमन गरेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । ‘तपाईंहरूले आवश्यकताभन्दा बढी शुल्क लिने तथा अभिभावकलाई दबाब दिने, प्रभोलनमा पारेर आफ्नो संस्थामा तान्नेलगायत काम गरिराख्नुभएको छ भने बन्द गर्नुस् । अन्यथा सरकारले नियन्त्रण गर्छ,’ उनले भने ।

गृहमन्त्री लेखकले सरकारले निजी तथा आवासीय विद्यालय र सरकारी विद्यालयका लागि सन्तुलित नीति निमार्ण गर्ने उल्लेख गरे । उनले वर्तमान सरकार विकास, निर्माण तथा जनता केन्द्रित काम गर्न गठन भएको बताउँदै विकासका लागि स्थिर सरकार आवश्यक पर्ने धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register