जनप्रशासनमा दानबहादुरको सट्टा केशवले दिए परीक्षा

काठमाडौं । काठमाडौंस्थित जनप्रशासन क्याम्पसमा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरले एक विज्ञप्ति जारी गर्दै एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायको परीक्षा जुम्ला चन्दननाथ नगरपालिका ८ घर भई काठमाडौं धुम्वाराही बस्ने २६ वर्षका केशव रोकायले दिएको जनाएको छ । प्रहरीले केशवलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ । केशवविरुद्ध शिक्षासम्बन्धी […]

Jun 25, 2025 - 09:06
 0
जनप्रशासनमा दानबहादुरको सट्टा केशवले दिए परीक्षा

काठमाडौं । काठमाडौंस्थित जनप्रशासन क्याम्पसमा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले एक विज्ञप्ति जारी गर्दै एमपीए तेस्रो सेमेस्टरमा अध्ययनरत दानबहादुर रोकायको परीक्षा जुम्ला चन्दननाथ नगरपालिका ८ घर भई काठमाडौं धुम्वाराही बस्ने २६ वर्षका केशव रोकायले दिएको जनाएको छ । प्रहरीले केशवलाई पक्राउ गरी अदालतमा उपस्थित गराएको छ ।

केशवविरुद्ध शिक्षासम्बन्धी ऐन कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट ५ दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register