फ्रान्सेली राष्ट्रपति म्याक्रों पत्नी ब्रिजिटलाई पुरुष भन्ने क्यान्डेस ओवेन्सविरुद्ध मानहानी मुद्दा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र उनकी पत्नी ब्रिजिटले अमेरिकाकी राजनीतिक टिप्पणीकार र लेखक क्यान्डेस ओवेन्सविरुद्ध मानहानी मुद्दा दायर गरेका छन् । ओवेन्सले फ्रान्सकी प्रथम महिला ब्रिजिट पुरुषका रूपमा जन्मिएकी हुन् भन्ने दाबी गर्दै सामाजिक सञ्जाल र आफ्ना कार्यक्रमहरूमा लामो समयदेखि भन्दै आइरहेकी छन् । म्याक्रों दम्पत्तिले अमेरिकी राज्य डेलावेयरमा दायर गरेको मुद्दामा ओवेन्सले […]

Jul 24, 2025 - 12:20
 0
फ्रान्सेली राष्ट्रपति म्याक्रों पत्नी ब्रिजिटलाई पुरुष भन्ने क्यान्डेस ओवेन्सविरुद्ध मानहानी मुद्दा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों र उनकी पत्नी ब्रिजिटले अमेरिकाकी राजनीतिक टिप्पणीकार र लेखक क्यान्डेस ओवेन्सविरुद्ध मानहानी मुद्दा दायर गरेका छन् ।

ओवेन्सले फ्रान्सकी प्रथम महिला ब्रिजिट पुरुषका रूपमा जन्मिएकी हुन् भन्ने दाबी गर्दै सामाजिक सञ्जाल र आफ्ना कार्यक्रमहरूमा लामो समयदेखि भन्दै आइरहेकी छन् ।

म्याक्रों दम्पत्तिले अमेरिकी राज्य डेलावेयरमा दायर गरेको मुद्दामा ओवेन्सले “वास्तविकता विपरीत, अपमानजनक र अत्यन्तै काल्पनिक कुरा फैलाएकी” दाबी गरिएको छ ।

ओवेन्सले २०२४ को मार्च महिनामा आफ्ना सात मिलियनभन्दा बढी फलोअर्स भएको एक्स अकाउन्टमार्फत् ब्रिजिट म्याक्रों “वास्तवमा पुरुष हुन्” भन्ने दाबी गर्दै आफनो “पेशागत विश्वसनीयता नै दाउमा लगाउने” घोषणा गरेकी थिइन् । उनले “Becoming Brigitte” शीर्षकको भिडिओ शृङ्खलासमेत सार्वजनिक गरेकी थिइन् ।

यसै हप्ता सार्वजनिक भएको पोडकास्टमा ओवेन्सले मुद्दालाई “हास्यास्पद” भन्दै यसलाई “स्पष्ट र हताश जनसंपर्क रणनीति” भनेर उडाइन् । उनले ब्रिजिट म्याक्रोंलाई पुनः व्यंग्य गर्दै मुद्दालाई खारेज गरिनुपर्ने अभिव्यक्ति दिइन् ।

म्याक्रों दम्पतीका वकिलमार्फत् जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “हामीले बारम्बार ओवेन्सलाई उनका भनाइ फिर्ता लिन आग्रह गर्‍यौं, तर अन्ततः कानुनी बाटो रोज्न बाध्य भयौं । ओवेन्सको मानहानीपूर्ण अभियान हामी र हाम्रा परिवारलाई पीडा दिने उद्देश्यले साथसाथै आफूप्रति ध्यान केन्द्रित गराउने चाहनाले प्रेरित देखिन्छ । हामीले उनलाई गलत दावीबाट पछि हट्ने धेरै अवसरहरू दिइयौं, तर उनले अस्वीकार गरिन् ।”

मुद्दामा उल्लेख छ कि ओवेन्सले फ्रान्सका राष्ट्रपति म्याक्रों र उनकी पत्नीबीच रगतको नाता रहेको झूटो दाबी मात्र हैन, म्याक्रोंलाई सीआईएको गुप्त षड्यन्त्रमार्फत् सत्तामा पुर्‍याइएको भन्ने असत्य प्रचार पनि गरिन् ।

ओवेन्स, जसले विगतमा “Turning Point USA” र “Daily Wire” जस्ता दक्षिणपन्थी संस्थाहरूमा काम गरिसकेकी छन्, हाल “Candace Owens Podcast” को माध्यमबाट विवादास्पद भनाइहरू सार्वजनिक गर्दै आएकी छन् । उनले कोभिड खोप, होलोकास्ट र चन्द्रमा अवतरणजस्ता घटनाबारे पनि षड्यन्त्र सिद्धान्त फैलाउने प्रयास गरेकी छिन् ।

म्याक्रों दम्पतीले ओवेन्स र उनीसँग सम्बन्धित डेलावेयरस्थित कम्पनीहरूलाई समेत मुद्दामा समावेश गरेका छन् र क्षतिपूर्तिको माग गरेका छन् ।

अमेरिकी कानुनअनुसार यस्तो मानहानी मुद्दा सफल पार्न म्याक्रों दम्पतीले “actual malice” अर्थात् ओवेन्सलाई आफ्ना भनाइहरू झूटो भएको थाहा हुँदाहुँदै पनि ती प्रचार गरेको प्रमाण पेश गर्नुपर्ने हुन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register