दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँचवटा अध्यादेश निर्णायार्थ प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनकाे बैठक बस्दैछन् ।  आज (बिहीबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै दिउँसो १ः१५ बजे सुरु हुने राष्ट्रिसभाको बैठकमा सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश सभामा […]

Mar 6, 2025 - 02:17
 0
दुवै सदनको बैठक बस्दै, राष्ट्रियसभामा पाँचवटा अध्यादेश निर्णायार्थ प्रस्तुत हुँदै

काठमाडौं । सङ्घीय संसदका दुवै सदनकाे बैठक बस्दैछन् ।  आज (बिहीबार) दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘निकासी पैठारी (नियमन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै दिउँसो १ः१५ बजे सुरु हुने राष्ट्रिसभाको बैठकमा सरकारले जारी गरेका ६ मध्ये ५ अध्यादेश सभामा निर्णायार्थ प्रस्तुत हुँदैछन् ।

रष्ट्रियसभामा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ र सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ निर्णयार्थ प्रस्तुत हुने छ ।

यी अध्यादेशहरू प्रतिनिधिसभाले बुधबार पारित गरिसकेको छ ।

सरकारले माघ १८ गते ६ वटा अध्यादेश राष्ट्रियसभा बैठकमा पेस गरेको थियो । तीमध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ बाहेकका अध्यादेश आज ३४ औं दिनमा निर्णयार्थ प्रस्तुत गर्न लागिएको संसद् सचिवालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाबमोजिम संसद् सुरु भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए अध्यादेश स्वतः निष्क्रिय हुन्छ ।

सरकारले संसद् अधिवेशन नरहेका बेला ६ वटा अध्यादेश ल्याएको थियो । तीमध्ये भूमिसम्बन्धी अध्यादेश अघि बढ्न सकेन । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल नै भूमिसम्बन्धी अध्यादेशमा सहमत नभएपछि सरकार यसलाई संसदमा निर्णायार्थ पेस गर्नबाट पछि हटेको छ ।

भूमिसम्बन्धी अध्यादेशबारे उपेन्द्र यादव नेतृत्वको जसपा नेपालमा सहमति जुट्न सकेको छैन । जसपा नेपालले साथ नदिएको खण्डमा राष्ट्रियसभामा सत्तापक्षको बहुमत पुग्दैन ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register