दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल भ्रष्टाचारी ठहर भएका भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो ।  विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान […]

Mar 7, 2025 - 03:48
 0
 दूरसञ्चार प्राधिकरणका दुईजना पूर्वअध्यक्ष भ्रष्टाचारी ठहर 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल भ्रष्टाचारी ठहर भएका भएका छन् । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) भ्रष्टाचार मुद्दामा विशेष अदालतले उनीहरुलाई दोषी ठहर गरेको हो । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु रितेन्द्र थापा र विदुर कोइरालाको इजलासले झा र खनाललाई दोषी ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमडिएमएस प्रणाली खरिदमा भ्रष्टाचार भएको भन्दै २०८० पुषमा झा र खनालसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, अन्यलाई भने अदालतले भ्रष्टाचार मुद्दामा सफाइ दिएको छ । 

विशेष अदालतले २३ लाख २० हजार रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै सो बराबरको बिगो कायम गरेको छ । तर, अख्तियारले भने ठेक्का भएको ९१ करोड ९८ लाख रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register