पूर्वराजाको स्वागतमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख जरिवाना गरेको छ ।  पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुले सडक फोहोर गरेको भन्दै महानगरले राप्रपालाई कारवाहीस्वरुप एक लाख रुपैयाँ जरिवाना गरेको हो ।  महानगर क्षेत्रभित्र पर्ने एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका बिरुवा […]

Mar 10, 2025 - 03:00
 0
पूर्वराजाको स्वागतमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरद्वारा राप्रपालाई एक लाख जरिवाना 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख जरिवाना गरेको छ । 

पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा आयोजना गरिएको कार्यक्रममा सहभागी व्यक्तिहरुले सडक फोहोर गरेको भन्दै महानगरले राप्रपालाई कारवाहीस्वरुप एक लाख रुपैयाँ जरिवाना गरेको हो । 

महानगर क्षेत्रभित्र पर्ने एयरपोर्ट, तिलगंगा, गौशाला लगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका बिरुवा साथै रेलिङमा भौतिक क्षति गरेको र जथाभावी फोहोर गरेको भन्दै जरिवाना गरिएको महानगरले जनाएको छ ।

राप्रपालाई वातावरण प्रदूषण गरेकोले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रुपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register