डोडीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

डोटी । डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी लिए । घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो । […]

Mar 10, 2025 - 02:54
 0
डोडीमा माटोको ढिस्कोले पुरिएर महिलाको मृत्यु

डोटी । डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी लिए ।

घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो । माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन् । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register