समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । मङ्गलबार बसेको मोर्चाको बैठकले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए । ‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा, प्रतिगामी र प्रतिक्रान्तिकारीको विरोधमा प्रदर्शन गर्ने निर्णय भएको छ । […]

Mar 11, 2025 - 12:12
 0
समाजवादी मोर्चाले चैत १५ गते गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने

काठमाडौं । समाजवादी मोर्चाले आगामी चैत १५ गते काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।

मङ्गलबार बसेको मोर्चाको बैठकले गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)ले जानकारी दिए ।

‘चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा, प्रतिगामी र प्रतिक्रान्तिकारीको विरोधमा प्रदर्शन गर्ने निर्णय भएको छ । ठूलो विरोधसभा आयोजना गरिनेछ ।’ उनले भने ।

साथै, अन्य दलहरुसँग पनि यसबारे छलफल गरिने निर्णय गरेको छ । गणतन्त्रविरुद्ध षडयन्त्र हुन थालेको उनको भनाइ छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register