रमेश लेखकको बचाउमा उत्रिए सिटौला, भन्छन्– कर्मचारीको गल्तीमा मन्त्रीले राजीनामा दिनु हुँदैन

विराटनगर । काङ्ग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले भने बचाउ गरेका छन् । सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सेटिङमा भिजिट भिसामा जानेलाई पठाउने गरिएको र मोटो रकम घुस लिने गरिएको सार्वजनिक […]

May 25, 2025 - 06:20
 0
रमेश लेखकको बचाउमा उत्रिए सिटौला, भन्छन्– कर्मचारीको गल्तीमा मन्त्रीले राजीनामा दिनु हुँदैन

विराटनगर । काङ्ग्रेसभित्रैबाट गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने आवाज उठिरहेका बेला नेता कृष्णप्रसाद सिटौलाले भने बचाउ गरेका छन् । सिटौलाले कुनै एक जना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको टिप्पणी गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट सेटिङमा भिजिट भिसामा जानेलाई पठाउने गरिएको र मोटो रकम घुस लिने गरिएको सार्वजनिक भएपछि गृहमन्त्री लेखक यो प्रकरणमा मुछिएका छन् ।

आइतबार बिराटनगरमा आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्नेसमेत बताए । यसअघि शनिबार विराटनगरमा नै काङ्ग्रेस नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए ।

नेता सिटौलाले विगतमा मन्त्रीहरुमाथि नै कुरो उठेकोले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले केही समय पर्खिनुपर्ने बताए ।

फरक प्रसंगमा उनले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह आवश्यक नभएको बताउदै संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानलाई अझै परिष्कृत र परिमार्जित गर्न संविधानको समिक्षा गरेर संशोधन आवश्यक भएको बताए ।

सिटौलाले राजसंस्था कुनै पनि हालतमा फर्किन नसक्ने उल्लेख गरे । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिसमेत आवश्यक नभएको तथा नेपालका लागि संघीय लोकतान्त्रिक संसदीय प्रणाली नै उत्तम व्यवस्था भएकाले संविधान संशोधन गरेर थप परिमार्जित गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै सिटौलाले २०८२ को मंसिरमा काङ्ग्रेसको महाधिवेशन सम्भव नभएकोले २०८३ को दशैंको आसपासमा महाधिवेशनको तयारी गर्नुपर्नेमा जोड दिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register