साझा यातायातका १२ बस सञ्चालनमा रोक
काठमाडौं । साझा यातायातका १२ वटा बस सञ्चालनमा रोक लगाइएको छ । काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गर्ने क्रममा १२ बस फेल भएका हुन् । २०८१ फागुन २५ पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा ३१ वटा सवारी साधनको प्रदूषण जाँच गरिएको थियो । प्रदूषण जाँचका […]

काठमाडौं । साझा यातायातका १२ वटा बस सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको संयुक्त पहलमा महानगर क्षेत्रमा सञ्चालनमा रहेका साझा यातायातका सवारी साधनको प्रदूषण जाँच गर्ने क्रममा १२ बस फेल भएका हुन् ।
२०८१ फागुन २५ पुल्चोकस्थित साझा यातायातको ग्यारेजमा ३१ वटा सवारी साधनको प्रदूषण जाँच गरिएको थियो ।
प्रदूषण जाँचका क्रममा १२ वटा सवारी साधन निर्धारित मापदण्ड पूरा गर्न नसकी फेल भएका छन् भने १९ वटा सवारी साधन सही अवस्थामा रहेको पाइएको छ । फेल भएका सवारी साधनलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने सहमति भएको छ ।
सवारी साधनको प्रदूषण न्युनिकरणका लागि काठमाडौं महानगरपालिका र ट्राफिक प्रहरीको पहलमा निरन्तर निगरानी गरिने महानगरपालिकाले जनाएको छ ।
What's Your Reaction?






