संसद् बैठकअघि अध्यादेशबारे औपचारिक निर्णय गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ । पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाएको उल्लेख गर्दै यसको जानकारी दिएका हुन् । जसपा नेपालले बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे […]

Feb 6, 2025 - 04:39
 0
संसद् बैठकअघि अध्यादेशबारे औपचारिक निर्णय गर्दै जसपा नेपाल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाएको उल्लेख गर्दै यसको जानकारी दिएका हुन् ।

जसपा नेपालले बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने उनले बताए ।

पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयार पारेको थियो । त्यो अध्यक्ष उपेन्द्र यादवलाई बुझाइएको हो ।

आज दिउँसो १ बजेपछि दुवै संसदका दुवै सदनको बैठक बस्नेछ । यही माघ १८ गते संसदमा पेस भएका अध्यादे आज पारित गर्ने कार्यसूची छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register