प्रकाश सपूतमाथि सामाजिक सञ्जालबाट जातीय विभेद गर्नेलाई कारबाहीको माग

काठमाडौं । गायक तथा कलाकार प्रकाश सपूतमाथि सामाजिक सञ्जालबाट जातीय विभेद गर्नेलाई कारबाहीको माग भएको छ । संसद्को शून्य समयमा बोल्दै सांसद हर्कमाया विश्वकर्माले सपूतमाथि विभेद गर्नेलाई कारबाहीको माग गरेकी हुन् । देशको सम्पत्ति र गहना सपूतमाथि प्रधानमन्त्री केपी शर्मा ओली प्रेरणा स्रोत भनेकै आधारमा गालीगलौज गर्नु दण्डनीय रहेको उनले बताइन् । ‘पहाड जन्मिएको भनेर […]

Mar 12, 2025 - 07:06
 0
प्रकाश सपूतमाथि सामाजिक सञ्जालबाट जातीय विभेद गर्नेलाई कारबाहीको माग

काठमाडौं । गायक तथा कलाकार प्रकाश सपूतमाथि सामाजिक सञ्जालबाट जातीय विभेद गर्नेलाई कारबाहीको माग भएको छ ।

संसद्को शून्य समयमा बोल्दै सांसद हर्कमाया विश्वकर्माले सपूतमाथि विभेद गर्नेलाई कारबाहीको माग गरेकी हुन् ।

देशको सम्पत्ति र गहना सपूतमाथि प्रधानमन्त्री केपी शर्मा ओली प्रेरणा स्रोत भनेकै आधारमा गालीगलौज गर्नु दण्डनीय रहेको उनले बताइन् ।

‘पहाड जन्मिएको भनेर बुवा आमालाई गरिबी देखाएर सपना देख्न र सङ्घर्ष गर्न छोड्ने मेरा पुस्ताका साथीहरूका लागि केपी शर्मा ओली प्रेरणाको श्रोत हुनुहुन्छ भनेकै आधारमा अश्लील गालीगलौज भइरहेको छ । वाक स्वतन्त्रताका नाममा समाज बिथोल्ने अभिव्यक्तिलाई कारबाहीको दायरामा ल्याउन म माग गर्दछु,’ उनले भनिन् ।

कलाकार प्रकाश सपूत दलित मात्रै नभएर राष्ट्रको गहना भएको उनले बताइन् ।

 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register