नेप्से ९.६२ अङ्कले घट्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा ९.६२ अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार परिसूचक ९.६२ अङ्कले घटेर २६१०.७६ बिन्दुमा बन्द भएको छ । आज सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । आज ३ कम्पनीको सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन […]

May 5, 2025 - 11:13
 0
नेप्से ९.६२ अङ्कले घट्यो

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सेयर बजारमा ९.६२ अङ्कको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार परिसूचक ९.६२ अङ्कले घटेर २६१०.७६ बिन्दुमा बन्द भएको छ । आज सात अर्ब ६३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

आज ३ कम्पनीको सकारात्मक सर्किट लागेको छ । नेपाल माइक्रो इन्स्योरेन्स, ओम मेगाश्री र सिटिजन सुपर ३० म्युचुअल फन्डको सेयरमा सर्किट लागेको हो ।

आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ । १५९ कम्पनीको सेयर मूल्य घटेको छ । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडको सेयर मूल्य भने स्थिर रह्यो ।

आज कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक बढेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register