बैङ्लोरले १० वर्षपछि मुम्बईलाई वानखेडेमा हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले मुम्बईलाई हराएको छ । वानखेडे रङ्गशालामा मङ्गलबार भएको खेलमा बैङ्लोरले मुम्बईमाथि १२ रनको जित हासिल गरेको हो । बैङ्लोरले दिएको २२२ रनको विशाल लक्ष्य घरेलु टोली मुम्बईले भेट्टाउन सकेन । मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनाउन सक्यो । मुम्बईका लागि तिलक […]

Apr 8, 2025 - 02:03
 0
बैङ्लोरले १० वर्षपछि मुम्बईलाई वानखेडेमा हरायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंङ्लोरले मुम्बईलाई हराएको छ ।

वानखेडे रङ्गशालामा मङ्गलबार भएको खेलमा बैङ्लोरले मुम्बईमाथि १२ रनको जित हासिल गरेको हो ।

बैङ्लोरले दिएको २२२ रनको विशाल लक्ष्य घरेलु टोली मुम्बईले भेट्टाउन सकेन । मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २०९ रन बनाउन सक्यो ।

मुम्बईका लागि तिलक बर्माले अर्धशतकीय पारी खेल्दै सर्वाधिक रन बनाए । उनले रहँदै ५६ रन जोडेका हुन् ।

बैङ्लोरका लागि कुनाल पाण्ड्याले सर्वाधिक ४ विकेट लिए । उनी खेलको मूल्यवान खेलाडी बने । यस्तै यश दयाल र जोश हजलउडले २–२ तथा भुवनेश्वर कुमारले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको बैङ्लोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२१ रन बनाएको थियो ।

बैङ्लोरका लागि दुई खेलाडीले अर्धशतक बनाए । विराट कोहलीले सर्वाधिक ६७ तथा कप्तान रजत पतिदारले ६४ रन जोडे । पतिदार खेलको उत्कृष्ट खेलाडी घोषित भए । यस्तै जितेश शर्माले अविजित ४० रन बनाए ।

मुम्बईका लागि ट्रेन्ट बाल्ट र हार्दिक पाण्ड्याले सर्वाधिक २–२ विकेट लिए ।

बैङ्लोरले वानखेडे रङ्गशालामा १० वर्षपछि मुम्बईलाई हराएको हो ।

यससँगै बैङ्लोरले ४ खेलमा ३ खेल जितेर ६ अङ्क जोडेको छ । बैङ्लोर लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

हारसँगै लिगको आठौँ स्थानमा सीमित रहेको मुम्बई मात्र २ अङ्क जोडेको छ । उसले ५ मध्ये ४ खेल हारेको छ ।

सम्बन्धित समाचार :

वानखेडे स्टेडियममा बैङ्गलोरले मुम्बईलाई १० वर्षपछि हराउला ?

हैदराबादमाथि गुजरातको सात विकेटको जित

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register