कर्णाली नदीमा खसेर एक जना बेपत्ता

कालीकोट। ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । कालीकोटको कर्णाली करिडोरअन्र्तगत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता भएका हुन्।

Mar 17, 2025 - 13:37
 0
कर्णाली नदीमा खसेर एक जना बेपत्ता

कालीकोट।

ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । कालीकोटको कर्णाली करिडोरअन्र्तगत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल आज बेपत्ता भएका हुन्।

कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आएका सेजुवाल आज कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए । 

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । कालिकोटको पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाल कर्णाली करिडोर निर्माण गरिरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register