प्रहरीमा सुधारको प्रारम्भ आफैँबाट सुरु गर्छु : आईजीपी थापा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा सुधारको प्रारम्भ आफैंबाट सुरु गर्ने बताएका छन् । दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । थापाले प्रहरी समाजको आवश्यकता र उपज भएको बताए । लुकाएर वा दबाएर प्रहरीमा सुधार नहुने उनको भनाइ छ । थापाले भने, “प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा […]

Mar 18, 2025 - 06:02
 0
प्रहरीमा सुधारको प्रारम्भ आफैँबाट सुरु गर्छु : आईजीपी थापा

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीमा सुधारको प्रारम्भ आफैंबाट सुरु गर्ने बताएका छन् ।

दर्ज्यानी चिह्न ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । थापाले प्रहरी समाजको आवश्यकता र उपज भएको बताए । लुकाएर वा दबाएर प्रहरीमा सुधार नहुने उनको भनाइ छ ।

थापाले भने, “प्रहरी समाजको आवश्यकता र उपज पनि हो । हरेक समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी मुक्त छैन । प्रहरी कस्तो छ भनेर हामीले लुकाउनु पर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फ म विश्वास पनि गर्दिन । प्रहरीमा सुधार आवश्यक छ । त्यसका लागि साइत कुरेर बस्ने समय पनि छैन ।”

साथै, सुधारको प्रारम्भ कोही व्यक्तिबाट नभइ आफैंबाट सुरु गर्ने उनले बताए । “सधुारको प्रारम्भ कोही र कसैबाट होइन, मभित्रैबाट आवश्यक छ भन्ने स्वीकार गरी अगाडि बढ्नुको विकल्प पनि छैन । यसैतर्फ गतिशील रहन म मरो सहकर्मीलगायत सकल दर्जाहरुमा अनुरोध गर्न चाहन्छु,” थापाले भने ।

सोमबार बसेको मन्त्रिपरिषद्‌को बैठकले थापालाई आईजीपी नियुक्त गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register