ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु
विराटनगर, ९ चैत । सुनसरी दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुहबी–७ की ६० वर्षीया देउकुमारी खाँ रहेकी छिन् । चैत्र ०८ गते दिउसो दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा प्र १–०२–००३ त ३३११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना [...] The post ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.

विराटनगर, ९ चैत । सुनसरी दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुहबी–७ की ६० वर्षीया देउकुमारी खाँ रहेकी छिन् । चैत्र ०८ गते दिउसो दुहबी नगरपालिका–७ फर्साइ छिटाहा भित्री सडक खण्डमा प्र १–०२–००३ त ३३११ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पल्टि दुर्घटना हुँदा ट्रयाक्टरमा सवार देउ कुमारी खाँ घाइते भई तत्काल उपचारको लागि नोवेल अस्पताल विराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न ट्रयाक्टर चालक दुहबी–७ का ५५ वर्षीय शिवनाथ खाँ थारुलाई इलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
The post ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु appeared first on Jhapa Online.
What's Your Reaction?






