वर्तमान साहित्य प्रतिष्ठानको २७ औं सभा सम्पन्न

भद्रपुर, २६ माघ । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७ औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । साधारण सभामा आयमेली आन्दोलनका प्रर्वतक इन्द्रबहादुर राईको ९८ औं जन्म जयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचन सम्पन्न गरिएको हो । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा [...] The post वर्तमान साहित्य प्रतिष्ठानको २७ औं सभा सम्पन्न appeared first on Jhapa Online.

Feb 8, 2025 - 14:34
 0
वर्तमान साहित्य प्रतिष्ठानको २७ औं सभा सम्पन्न

भद्रपुर, २६ माघ । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुर १० चन्द्रगढीको २७ औं वार्षिक साधारण सभाको अवसर पारेर भद्रपुरमा विविध कार्यक्रम सम्पन्न गरिएको छ ।

साधारण सभामा आयमेली आन्दोलनका प्रर्वतक इन्द्रबहादुर राईको ९८ औं जन्म जयन्ती मनाउँदै क्यानभाषमा अभिनय तथा कविता वाचन सम्पन्न गरिएको हो । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा नेपाल नाट्यकला प्रतिष्ठानका प्राज्ञसभा सदस्य सञ्जय वान्तवा राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न कवि, कवयत्रीले आ—आफ्ना रचना प्रस्तुत गरेका थिए भने विभिन्न चित्रहरूको भावमा आधारित रहेर कलाकारहरूले अभिनय गर्दै नाटक समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै प्रतिष्ठानका पूर्व अध्यक्ष राजु वरालले नयाँपन सहितको नेपाली साहित्य सिर्जनामा लक्षित प्रतिष्ठान निरन्तर लक्ष अनुरूप काम गरिरहेको जानकारी दिए । उपाध्यक्ष विकास पाण्डेले सञ्चालन गरेको कार्यक्रममा झापा लगायतका जिल्लाबाट विभिन्न साहित्यिक स्रष्टाहरू सहभागी भएका थिए । नेपाली साहित्य जगतमा आयमेली आन्दोलनलाई प्रवर्धन गर्न झापा सदरमुकाममा रहेका युवाहरूले गठन गरेको प्रतिष्ठान निरन्तर साहित्यिक गतिविधि गरिरहेको छ ।

The post वर्तमान साहित्य प्रतिष्ठानको २७ औं सभा सम्पन्न appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register