प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

झापा, ९ चैत । सुनसरी र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । चैत ८ गते सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा २९ वर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधि ट्रामोल १ हजार ५० क्याप्सुल र धरान–११ का २१ वर्षीय [...] The post प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

Mar 22, 2025 - 08:47
 0
प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ

झापा, ९ चैत । सुनसरी र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित लागुऔषधसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

चैत ८ गते सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थितबाट इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा २९ वर्षीय कमल शाक्यलाई प्रतिबन्धित औषधि ट्रामोल १ हजार ५० क्याप्सुल र धरान–११ का २१ वर्षीय कमलहाङ राईलाई लागुऔषध ब्राउनसुगर १०० मिलिग्राम सहित पक्राउ गरेको छ ।

त्यसैगरी, इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङबाट खटिएको प्रहरी टोलीले उर्लाबारी–४ का २१ वर्षीय मनिष भुजेललाई २५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । प्रतिबन्धित लागुऔषधसहित पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

The post प्रतिबन्धित लागुऔषधसहित तीन जना पक्राउ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register