पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमामा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निवार्चन भइरहेको छ । बिहान ८ बजेदेखि मतदान जारी छ । पीएन क्याम्पसमा १६ वर्षपछि निर्वाचन भइरहेको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष भएका भएका थिए । यसपछि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक पनि चैत ५ […]

Mar 23, 2025 - 05:25
 0
पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती

काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमामा आज (आइतबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निवार्चन भइरहेको छ । बिहान ८ बजेदेखि मतदान जारी छ ।

पीएन क्याम्पसमा १६ वर्षपछि निर्वाचन भइरहेको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष भएका भएका थिए । यसपछि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक पनि चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा आजका लागि तय गरिएको थियो ।

मतदानका लागि ७ हजार ४०० विद्यार्थीले मतदाता परिचयपत्र लगेको निर्वाचन समितिले जनाएको छ ।

यहाँ नेकपा एमालेनिकट अनेरास्ववियुबाहेक अन्यले जित्न सकेका छैनन् । यसर्थ यो पटक पनि अनेरास्ववियु विरासत जोगाउने दाउमा छ । अन्य सङ्गठन भने नयाँ इतिहास रच्ने दाउमा छन् ।

यसपटक स्ववियु अध्यक्षका लागि अनेरास्ववियुबाट विष्णु पोखरेल, नेपाल विद्यार्थी सङ्घबाट सुशील भट्टराई र अखिल क्रान्तिकारीबाट नवीन अधिकारीलगायत मैदानमा छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register