प्रकाशमान सिंहलाई बालेनको सुझाव: काङ्ग्रेसको इतिहास माटोमा नमिसाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई काङ्ग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् । ‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला,’ बालेनको भनाइ छ । अव्यवस्थित बस्ती […]

Mar 23, 2025 - 13:28
 0
प्रकाशमान सिंहलाई बालेनको सुझाव: काङ्ग्रेसको इतिहास माटोमा नमिसाउनु

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई काङ्ग्रेसको इतिहास माटोमा नमिसाउन सुझाव दिएका छन् ।

‘मलाई हराउने नाममा आफ्नो शहर, क्षेत्र, र देश चाहिँ नहराउनु होला,’ मेयर बालेनले भनेका छन्, ‘यत्रो गणेशमान सिंह, पीएल सिंह, र नेपाली कांग्रेसको इतिहास माटोमा नमिसाउनु होला,’ बालेनको भनाइ छ ।

अव्यवस्थित बस्ती हटाउने र सार्वजनिक सम्पत्ति जोगाउने कुरामा ध्यान केन्द्रित नगरेको भन्दै उनले गणेशमान सिंह, पीएल सिंह र नेपाली काङ्ग्रेसको इतिहास माटोमा नमिसाउन मन्त्री सिंहलाई सुझाव दिएका हुन् ।

सामाजिक सञ्जालमार्फत सिंहलाई प्रश्न गर्दै उनले भनेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो । कहिले गर्ने हो ?’

साथै, बालेनले आफूलाई हराउने नाममा शहर, क्षेत्र र देश चाहिँ नहराउन आग्रह गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register