एक दशकदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको स–मिलका उपकरण वन कार्यालयद्वारा बरामद

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले वीरगञ्ज महानगर–२९ स्थित रत्नपुरीमा एक दशकदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको स–मिलका उपकरण बरामद गरेको छ । डिभिजन वन कार्यालय पर्साका अधिकृत आरिफ हुसैनको कमाण्डमा सोमबार गएको वन टोलीले स मिलका सम्पूर्ण उपकरण तथा औजार नियन्त्रणमा लिएको हो । डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले रत्नपुरीस्थित […]

Mar 25, 2025 - 02:20
 0
एक दशकदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको स–मिलका उपकरण वन कार्यालयद्वारा बरामद

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले वीरगञ्ज महानगर–२९ स्थित रत्नपुरीमा एक दशकदेखि अवैध रुपमा सञ्चालन हुँदै आएको स–मिलका उपकरण बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साका अधिकृत आरिफ हुसैनको कमाण्डमा सोमबार गएको वन टोलीले स मिलका सम्पूर्ण उपकरण तथा औजार नियन्त्रणमा लिएको हो ।

डिभिजन वन कार्यालय पर्साका डिभिजनल वन अधिकृत मञ्जुर अहमदले रत्नपुरीस्थित नुरहोदा खानले अवैध रुपमा सञ्चालन गरेको स–मिलका उपकरण तथा औजारलाई सोमबार नियन्त्रणमा लिएको जानकारी दिए ।

‘खानले सञ्चालन गरेको समिलबाट पटक–पटक अवैध काठ बरामद भइरहेको थियो,’ उनले भने, ‘कार्यालयले उक्त स–मिललाई पटक–पटक कागजपत्र तथा प्रमाणपत्र गर्न बारम्बार तोकेका गर्दा पनि उपस्थित भएनन् । सञ्चालक खानविरुद्ध पक्राउ गर्नका लागि पक्राउ पुर्जी जारी भइसकेकाले पनि स मिलको सबै खालको औजार तथा उपकरण जफत गरेर ल्याएका हौँ ।’

डिभिजनल वन अधिकृत अहमदले सञ्चालक खान भने पक्राउ परिनसकेको बताए । डिभिजन वन कार्यालयले अवैध समिलमा प्रयोग भएका काठ चिर्ने मेसिन, औजार, अरा लगायतका औजारलाई नियन्त्रणमा लिएर कार्यालय परिसरमा राखेको छ ।

डिभिजन वन कार्यालय पर्सा, सबैया सव–डिभिजन वन कार्यालय, बडिनहार सव–डिभिजन वन कार्यालय, जनपथ प्रहरी तथा सशस्त्र प्रहरीको सहकार्यमा स मिलमा रहेको सम्पूर्ण उपकरण नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ । –रासस

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register