गोरखपुरबाट नेपाल घुम्न आएका एक युवक कालीगण्डकीमा बेपत्ता, खोजी कार्य जारी
काठमाडौं । नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाका र २५ वर्षीय शिवम पाण्डे रहेको पाल्पा प्रहरीले जनाएको छ । पाण्डे पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार बेपत्ता भएका हुन् । उनीसँगै घुम्न आएका अन्य तीन जना भने […]

काठमाडौं । नेपाल घुम्न आएका एक जना युवक कालीगण्डकी नदीमा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भारतको उत्तर प्रदेश स्थित गोरखपुर जिल्लाका र २५ वर्षीय शिवम पाण्डे रहेको पाल्पा प्रहरीले जनाएको छ ।
पाण्डे पाल्पाको बगनासकाली गाउँपालिका-५ राम्दीघाट स्थित कालीगण्डकी नदीमा नुहाउने क्रममा बुधबार बेपत्ता भएका हुन् ।
उनीसँगै घुम्न आएका अन्य तीन जना भने सकुशल रहेको बताइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयहरुको सहयोगमा उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
What's Your Reaction?






