सेयर खेलाडीकै जोडबलमा नेप्सेका सिइओ नियुक्त, को हुन् उनी ? 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओमा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिइओमा लुँइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।  नेप्सेको सिइओका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएका थियो । जसमध्ये चुडामणि चापागाईं, नारद लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका थिए । त्यसमध्येबाट सिइओमा लुइँटेल छानिएका […]

Mar 25, 2025 - 02:29
 0
सेयर खेलाडीकै जोडबलमा नेप्सेका सिइओ नियुक्त, को हुन् उनी ? 

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सिइओमा नारद लुइँटेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले नेप्सेको सिइओमा लुँइटेललाई नियुक्त गर्ने निर्णय गरेको हो । 

नेप्सेको सिइओका लागि पाँच जनाको नाम सर्टलिस्ट गरिएका थियो । जसमध्ये चुडामणि चापागाईं, नारद लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रिप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका थिए । त्यसमध्येबाट सिइओमा लुइँटेल छानिएका छन् । 

लुइँटेललाई सेयर खेलाडीहरुकै जोडबलमा नेप्सेको सिइओ नियुक्त गरिएको एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार नेप्सेको सिइओ नियुक्तिका लागि लुइँटेलको नभएर अर्कैको नाम प्रस्ताव गरिएको थियो । तर, सेयर खेलाडीको जोडबलमा अन्ततः सरकारले लुइँटेललाई नै नेप्सेको सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । 

त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातकोत्तर गरेका लुइँटेल तारागाउँ विकास समितिको पूर्वअध्यक्ष र सदस्य सचिव हुन् । उनले नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (नाथम)को कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register