वार्षिक १० हजार जनशक्ति उत्पादन गर्न आइएमई ग्रुपले सुरु गर्‍यो प्राविधिक शिक्षालय

काठमाडौं । वार्षिक १० हजार जनशक्ति उत्पादनको लक्ष्यसहित आइएमई ग्रुपले प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ । आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा ल्याइएको हो। आइएमई ग्रुपको प्राविधिक शिक्षालयको मङ्गलबार काठमाडौंको धुम्बाराहीमा श्रम मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् । प्राविधिक शिक्षालयले हस्पिटालिटी, केयर गिभिङ, बारिस्तालगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक विधामा […]

Mar 25, 2025 - 10:02
 0
वार्षिक १० हजार जनशक्ति उत्पादन गर्न आइएमई ग्रुपले सुरु गर्‍यो प्राविधिक शिक्षालय

काठमाडौं । वार्षिक १० हजार जनशक्ति उत्पादनको लक्ष्यसहित आइएमई ग्रुपले प्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको छ ।

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौं टेक्निकल स्कूल सञ्चालनमा ल्याइएको हो। आइएमई ग्रुपको प्राविधिक शिक्षालयको मङ्गलबार काठमाडौंको धुम्बाराहीमा श्रम मन्त्री शरतसिंह भण्डारीले उद्घाटन गरेका छन् ।

प्राविधिक शिक्षालयले हस्पिटालिटी, केयर गिभिङ, बारिस्तालगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक विधामा तालिम सञ्चालन गर्ने छ । उक्त प्राविधिक शिक्षालयले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ ।

आइएमई ग्रुपले आफ्नो अढाई दशकको व्यावसायिक यात्रामा आइएमई ग्रुपले बैङ्क तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, क्षेत्रमा उद्योग तथा परियोजनाहरू सञ्चालन गरिसकेको छ ।

आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरूमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताए ।

स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री बताए । कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासङ्घ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कूलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको उल्लेख गरे ।  ‘नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको सुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कूलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ’, उनले भने ।

सरकारले पनि प्राविधिक स्कूल तथा तालिम केन्द्रहरूको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

काठमाडौं टेक्निकल स्कूल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामी दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तिमा स्कूलले सहयोग पुर्‍याउने बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register