…अनि प्रेम सुवालले राजकिशोरलाई भने – बढ्ता नहुनुस् (भिडिओसहित)
काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा केही फरक दृश्य देखियो । समितिको निर्णयको क्रममा असमझदारी हुँदा बैठकको माहोल अलि उत्तेजित हुन पुगेको हो । जसको पात्र रहे, सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवाल । उनीहरु निकै चर्को स्वरमा एकअर्काप्रति खनिए । विवादको मुख्य कारण हो, नेपाल वायुसेवा निगमको […]

काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबारको बैठकमा केही फरक दृश्य देखियो ।
समितिको निर्णयको क्रममा असमझदारी हुँदा बैठकको माहोल अलि उत्तेजित हुन पुगेको हो । जसको पात्र रहे, सभापति राजकिशोर यादव र नेमकिपा सांसद प्रेम सुवाल ।
उनीहरु निकै चर्को स्वरमा एकअर्काप्रति खनिए ।
विवादको मुख्य कारण हो, नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफलपछि निर्णय गर्ने क्रममा समितिमा उपस्थित नभएका सांसदको संयोजकत्वमा उपसमिति बनाइएको विषय ।
बैठकले वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गरि एक महिनाभित्र समितिलाई प्रतिवेदन पेस गर्न समिति सदस्य शिशिर खनालको संयोजकत्वमा नेपाल वायुसेवा निगम अध्ययन उपसमिति गठन गर्ने निर्णय गरेको छ । तर, खनाल आजको बैठकमा उपस्थित थिएनन् ।
सुवालले अनुपस्थित व्यक्तिलाई समितिमा राख्न नहुने भन्दै आपत्ति जनाएका थिए ।
तर, सुवालको माग यादवले बेवास्ता गर्दै निर्णय सुनाएर बैठक सकिएको घोषणा गरेपछि बाझाबाझ भएको हो ।
सभापति यादव : यो बैठक यहीँ समापन भएको घोषणा गर्दछु ।
सुवाल : सभापतिज्यूले जथाभावी नगर्नुस् । मैले बोल्न पाउँछु कि पाउँदिन । (औँला तेर्साउँदै)
सभापति : औँला तल राख्नुस् ।
सुवाल : सहमति छैन भन्दा भन्दै किन सच्याउनुहुन्न ?
सभापति : औँला तल राख्नुस्, औँला तल राख्नुस् । नौटङ्की गर्ने ?
सुवाल : तपाईं निरङ्कुश ढङ्गले नचलाउनुस् । राणाशासन होइन यो । तपाईंं राणाको अवतार नलिनुस् । मैले असहमति छ भनेपछि कि भन्नुपर्छ ।
सभापति : तपाईंं… ।
सुवाल : तपाईं राणा नबन्नुस् । राणा जसरी नै हुत्याइदिन्छु । होस् गर्नुस् । राणा शासन जसरी समाप्त भयो । तपाईं त्यसरी नै हुतिन्छ होस् गर्नुस् । बढ्ता नहुनुस् । तपाईं पनि एक्लै हो । म पनि एक्लै हो । के फूर्ति गर्ने ? तपाईं बढ्ता नहुनुस्, मेरो आपत्ति छ भनेपछि के भनेर सोध्नुपर्दैन सभापति ? तपाईं निरङ्कुश बन्ने ?
सभापति : हो, बन्ने (उठ्दै) । राख्नुस् न आफ्नो असहमति राख्नुस् ।
सुवाल : तपाईं कुन दिन हुत्तिन्छ होस् गर्नुस् । तपाईं सत्ता पार्टीको पुच्छर भएर नहिँड्नुस् । समितिको नेता बन्नुस् ।
सभापति : यहाँ माओवादी केन्द्र सत्ता पक्ष हो ?
सुवाल : हिजो प्रधानमन्त्री भएका सबै सत्ता पार्टी ।
सुवाल– तपाईं निरङ्कुश नबन्नुस् । निरङ्कुश भयो भने सिधिन्छ । दाँत छिटै किराले खान्छ । जिब्रो खाँदैन । तपाईंले बोल्न दिनुपर्छ निरङ्कुश बन्न पाइँदैन । अनुपस्थित सदस्यको अनुपस्थितिमा समिति बनाउन मिल्छ ? अनुपस्थित सदस्यका नाममा समिति बनाएर के गर्न खोज्नुभएको हो ? राय लिनुपर्दैन ? निरङ्कुश बन्न पाइन्छ ? समितिबाट सदस्यहरुले राय राख्न पाउनुपर्छ । तपाईंहरु सबै मिलेर देश बेच्न खोज्नु भा । निरङ्कुश नबन्नुस् । अनुपस्थितको खारेज हुनुपर्छ । नयाँ सदस्य आउनुपर्छ । अहिले फेरि बैठक सुरु गर्नुपर्छ…. ।
यादवको छेउमै बसेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने मुसुमुसु हाँसे मात्रै, केही बोलेनन् ।
यसअघि माओवादी सांसद सुदन किरातीसँग पनि समितिमा सभापति यादवको भनाभन भएको थियो ।
What's Your Reaction?






