प्रचण्डले पहिचानको नाममा आन्दोलन भड्काउने काम गरिरहनुभएकाे छ : केपी ओली

Jun 8, 2023 - 11:57
 0
प्रचण्डले पहिचानको नाममा आन्दोलन भड्काउने काम गरिरहनुभएकाे छ : केपी ओली
प्रचण्डले पहिचानको नाममा आन्दोलन भड्काउने काम गरिरहनुभएकाे छ : केपी ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशभर पहिचानकाे राजनीतिकाे नाममा विषकाे आगाे फैलाउन खाेजेकाे बताउनुभएकाे छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले  प्रचण्डले देशभर पहिचानकाे राजनीतिकाे नाममा विषकाे आगाे फैलाउन खाेजेकाे तर असफल भएकाे बताउनुभयाे ।

यसअघिकाे प्रयास असफल भएपछि प्रचण्डहरुकाे संलग्नतामा अहिले प्रदेश-१ मा पहिचानवादीका नाममा आन्दाेलन भइरहेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'अहिले प्रदेश-१ मा पहिचानवादीका नाममा सत्ता संरक्षित अपराधिक घटना भइरहेका छन्, आफैंले आफ्नै मान्छे मारे सुरुमै, हामीमाथि हमला भयाे, कहिले बन्द भनेका छन्, कहिले ताेडफाेड गरेका छन्, अनेक गरेका छन्, आज मात्रै केन्द्रीय सदस्य राम रानालाई मुबिल छर्केर आगाे लगाउने खाेजे, हत्या प्रयास भइराखेकाे छ पहिचानका नाममा ।' 

प्रचण्डले नेपालीहरुलाई जातजातका नाममा लडाउन खाेजेकाे उहाँले बताउनुभयाे । अध्यक्ष ओलीले भन्नुभयाे - 'यस कुरामा हाम्राे पार्टी किञ्चित डराउँदै, लच्किदैन, झुक्दैन, नाे कम्परमाइज, नेपाललाई जातीजातीका नाममा लडाउने ? किराँत प्रदेश राख्न खाेजेकाे किन रहेछ भन्ने हामी देख्दैछाैं नि, नराख्दा यस्ताे छ राख्ने हाे भने के हुन्थ्याे ? गैरकिराँत त भनेकाे त त्यहाँ त बस्न पनि नपाउने अवस्था रहेछन् त, प्रचण्डले याे विषकाे आगाे फैलाउन सकेनन्, प्रचण्डले देशभरी पहिचानकाे राजनीतिकाे नाममा विषकाे आगाे फैलाउन खाेज्या हाे, जातजातका नाममा राज्य, याे काेशिस गरेकाे हाे, भड्काउन खाेजेकाे हाे, असफल भए ।'

काेशी प्रदेश नामाकरणकाे विराेधका नाममा अहिले एमालेमाथि आक्रमण गर्ने र दंगा मच्चाउने काम भइरहेकाे उहाँले बताउनुभयाे ।  माओवादीले पहिले कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको बताउँदै अध्यक्ष ओलीले भन्नुभयाे - 'प्रचण्डहरुकाे यसमा प्रत्यक्ष संलग्नता देखिन्छ, नाम राख्ने, अलि पछि गल्ती भो भन्ने, अब पुनर्विचार गर्नुपर्छ भन्ने, त्यता मान्छे भड्काउन थाल्ने ।'

प्रचण्ड अस्थिर चरित्रकाे भएकाे बताउँदै उहाँले भन्नुभयाे - 'यस्ताे गर्दा प्राेचाइनिज, यस्साे गर्दा प्राेइण्डियन, यस्साे गर्दा हिंसावादी, यस्साे गर्दा शान्तिवादी, यस्साे गर्दा १०८ किलाे रुद्राक्ष, यस्साे गर्दा टुप्पी कटुवा, यस्साे गर्दा जनैचुडुवा, एकछिनमा पहिचानवादी, एकछिनमा राष्ट्रियतावादी, एकछिनमा  फाटाेवादी, केके हाे के तमासा, यस्साे अनुहार झड्काउँदा उसकाे बेग्लै चेहरा जतिबेला जस्ताे चाहियाे ।'

सरकारले पहिचानवादीलाई प्रोत्साहित गरेर एमालेमाथि आक्रमण गराइरहेको भन्दै उहाँले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला भइरहेकाे बताउनुभयाे । उहाँले भन्नुभयाे - 'एमालेमाथि कसरी हमला भइराखेकाे छ देशमा भन्दा अहिले पहिचानबादीका नाममा हमला भइरहेकाे छ, सत्ता संरक्षित ढंगले, अस्ती म पूर्व जाँदा ढुंगामुढा गरे, केही गर्दैन सरकारले, प्रहरीकाे टाउकाे फुट्दा र अनुहार कुच्चिँदा पनि प्रहरीलाई केही नगर्नु भनेर आदेश दिन्छ सरकार, हरेक जिल्ला तीनै केटा पुग्छन् पछिपछि पहिचानका नाममा पहिला-पहिला ०७३-७४ तिर मधेशमा हुने गर्थ्याे, कसैले जान नपाउने एमाले निषेध, केपी ओली निषेद, उत्पात थियाे ।'कोशीमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले एमालेविरुद्ध पहिचानको नाममा मान्छे भड्काइरहेको समेत अध्यक्ष ओलीले बताउनुभयाे ।

पहिचानवादीका नाममा सत्तापक्षले मुडभेड गराउन लागिपरेको भन्दै उहाँले अब एमाले प्रतिवादमा उत्रिने बताउनुभयाे । प्रचण्डपथका केही गुण्डाहरूले  पहिचानवादीका नाममा आतंक मच्चाउँदै एमालेका सांसद् र जनप्रतिनिधिहरुको हत्या प्रयास भएको भन्दै अध्यक्ष ओलीले एमाले चुप लागेर नबस्ने बताउनुभयाे । उहाँले भन्नुभयाे -'माेबिल छर्केर आगाे लगाउनेसम्मकाे हर्कत याे राजनीति हाे ? अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो, किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोमा, हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ भने, गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ, प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ याे प्रचण्ड सरकारले ।'

'आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे, उहाँ उम्किन सक्नुभयाे, उपसभामुख सिर्जना दनुवार र गाइघाटकी उपमेयरको हत्या प्रयास भएको छ, याे सबै पुष्पकमलवादीबाट भएकाे छ, प्रचण्डपथबाट भएकाे छ, याे अझै गएकाे छैन, प्रचण्डपथ भनेकाे देशद्राेही पथ हाे ।'

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

Achala Lohani Journalism's sacred duty, its true Dharma, is to uphold the pursuit of truth, untainted by false claims or agenda-driven twists, ensuring the integrity and credibility of every news piece. Follow me on Dununu: https://www.dununu.com/Beautiful1