सत्तापक्ष र प्रतिपक्षी दुबै उठेपछि प्रतिनिधिसभा १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभामाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसदमा अवरोध कायम भएको छ । अवरोध कायम भएसँगै १५ मिनेटका लागि सभामुखले बैठक स्थगित गरेका छन् । सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् । संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज […]

काठमाडौं । प्रतिनिधिसभामाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी दलका सांसद उठेपछि संसदमा अवरोध कायम भएको छ । अवरोध कायम भएसँगै १५ मिनेटका लागि सभामुखले बैठक स्थगित गरेका छन् ।
सत्ता पक्षका सांसदहरूले सदन सञ्चालनको माग गर्दै उठेका हुन् भने प्रतिपक्षी दलका सांसद प्रधानमन्त्रीको जवाफको माग गर्दै उठेका हुन् ।
संसदमा अवरोध हटाउनका लागि सभामुख देवराज घिमिरेले बैठक राखेका थिए । उक्त बैठकमा उनले तीनकुने घटना लोकतन्त्रमाथिको प्रहार भएको भन्दै संसदमा छलफलको वातावरण बनाउन आग्रह गरे ।
तर प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ नदिँदासम्म बैठक सञ्चालन गर्न नदिने अडान कायमै राख्यो । यता चैत १८ मा प्रधानमन्त्रीले जवाफ दिने सुचना आइसकेकाले बैठक अवरोध गर्नु जायज नहुने भन्दै सदन सञ्चालनको माग सहित सत्तापक्षले पनि उठेर सभामुखको ध्यानाकर्षण गराएको थियो ।
What's Your Reaction?






