पूर्वराजालाई हुलाकमार्फत पठाइयो जरिवानाको पत्र 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाइएको छ । जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई गेटबाटै फर्काइएपछि महानगरले हुलाकमार्फत जरिवानाको पत्र पठाएको हो ।   आइतबार बिहान महानगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्टको टोली जरिवानाको पत्र बुझाउन निर्मल निवास पुगेको थियो ।  तर, महानगरले काटेको ७ लाख ९३ हजार जरिवानाको पत्र […]

Mar 30, 2025 - 08:38
 0
पूर्वराजालाई हुलाकमार्फत पठाइयो जरिवानाको पत्र 

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र हुलाकमार्फत पठाइएको छ । जरिवानाको पत्र लिएर निर्मल निवास पुगेको महानगर प्रहरीको टोलीलाई गेटबाटै फर्काइएपछि महानगरले हुलाकमार्फत जरिवानाको पत्र पठाएको हो ।  

आइतबार बिहान महानगर प्रहरीका डीएसपी पूर्णचन्द्र भट्टको टोली जरिवानाको पत्र बुझाउन निर्मल निवास पुगेको थियो । 

तर, महानगरले काटेको ७ लाख ९३ हजार जरिवानाको पत्र बुझ्न पूर्वराजा ज्ञानेन्द्र शाहले अस्वीकार गरेपछि महानगरको टोली निर्मल निवासको गेटबाटै फिर्ता भएको थियो । टोली फिर्ता भएपछि जरिवानाको पत्र महानगरले हुलाकमार्फत पठाएको छ । 

महानगरले चैत १५ गते (शुक्रबार) आन्दोलनका क्रममा फोहोर गरेको, बोटविरुवामा क्षति पुर्याएको तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेको भन्दै पूर्वराजा शाहको नाममा ७ लाख ९३ हजार जरिवानासहितको पत्र काटेको थियो । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register